कबिता (नबुझेरै दुखेर रोयो)

on Thursday, April 12, 2012
संसारबाट एक्लिएर
अनायासै आज
तिम्रो मृत्युमा
आकाश रोयो
धर्ती रोयो
थोरै भएपनि रोए सबै सबै
घाउ जसरिनै
कसैले दुखाएर रोए
कोही देखाउन रोए
तर
साच्चै भन्ने हो भने
खसम
तिम्रो मृत्युमा
म भन्दा नि बढी
घर दुख्यो
अगेनो दुख्यो
मझेरी दुख्यो
आँटो दुख्यो
अनि बिस्तारै बिस्तारै
दुधे छोरो नबुझेरै दुखेर रोयो

तिम्रो अर्धाङ्गिनी
नचाहंदा नचांहदै
पखालीएँ तिम्रो सिन्दुरबाट
रित्तिएं बिधवा बनेर
टुकृयो मन
चुरा जस्तै गरी
र पनि
सम्हाँले आफैले आफैलाइ
त्यही सेतो पहिरनमा
हो खसम
अब त मैले
सधैं यसरीनै दुखेर रुनु पर्छ
एक्लै एक्लै जिउनु पर्छ
तिम्रो अभाबमा
भाब सुन्य हुँदै
किनकी
तिम्रो सम्झनामा रुने
सिङ्गो उपहार
छ म सँग
जो टुहुरो बनेको छ आज

भोली तिम्रो अभाबमा
मुटु दुखाई दुखाई
भक्कानिएर रुने छ
सोचिराछु
उस्लाइ सम्हाल्दै
आफु सम्हालिन सक्छु या सक्दिन
बाचेँर पनि मरिरहेकी म
पल पल
तिम्रो तस्वीरमा
आफुलाइ खोज्दै
चुपचाप
कति दिन बाँच्न सक्छु होला
तिमीबाटै टाढिएर .......

This is my blog

on Wednesday, April 11, 2012
Hello guys,

This is what my blog is which I have just created. trying to learn how to blog.